काठमाण्डाै – पछिल्लो २४ घण्टामा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १० लाख नाघेको छ । अहिलेसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख ९६ हजार पाँच सय ८४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा एक लाख १० हजार सात जना गरी कूल १० लाख ६ हजार पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा सात सय ६६ जना निको भएका छन् । थप तीन जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ६५ हजार तीन सय ७४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख सात हजार चार सय एक जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया