काठमाण्डाै – मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिए पनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको छ ।
बजारमा भिडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरु स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन् । बिना मास्क बजारमा सर्वसाधारणहरु आवतजावत गर्ने गरेका छन् भने भिडभाड समेत देखिएको छ । बजारमा भिडभाड देखिएको छ भने स्वास्थ्य मापदण्डलाई कडाई गराउन खासै चासो देखाइएको छैन । राजनीतिक दलहरुले समेत कोभिड नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै आ–आफनो गतिविधिलाई अगाडि बढाउने गरेको पाइएको छ ।
पछिल्लो केही दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ । अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिनुभयो । ५ सय २७ जना परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो ।
बिहीवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो । हाल यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरुमध्ये आईसीयूमा २ जना, एचडीयूमा ४ जना र बाँकी संक्रमित होम आइसोलेशनमा रहेका छन् ।
झाका अनुसार मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन् । बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको उहाँकाे भनाइ छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया