काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री वर्षमान पुन आज स्वदेश फर्कंदै छन्। चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर पुन, पत्नी ओनसरी घर्तीका साथ अपराह्न चार्टर विमानमार्फत नेपाल आउन लागेका हुन्। काठमाडौंबाट उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन त्यहाँबाट उपचारका लागि चीन गएका थिए।
वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत असोज १३ मा थाइल्याण्डको राजधानी बैंकक गएका थिए। बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि मंसिरमा चीन लगिएको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया