Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ह्वात्तै बढ्यो शहरी क्षेत्रको जनसंख्या, गाउँमा बस्नेको संख्यामा कमी

काठमाडौं :  देशमा शहरी क्षेत्रमा बसोबास गर्नेको जनसंख्या ह्वात्तै बढेको छ भने ग्रामीण क्षेत्रमा बस्नेको जनसंख्यामा व्यापक गिरावट देखिएको छ।

राष्ट्रिय जनगणना ०७८ मा शहरी जनसंख्या ६६‍ दशमलव ०८ प्रतिशत पुगेको छ। जनगणनाले ग्रामीण क्षेत्रको जनसंख्या भने ३३ दशमलव ९२ प्रतिशत देखाएको छ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई शहरी तथा गाउँपालिका क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा शहरी क्षेत्रको जनासंख्या बढी देखिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। 

राष्ट्रिय जनगणना ०६८ मा १७ दशमलव ०७ प्रतिशत शहरी जनसंख्या र ८२ दशमलव ९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो।

तर, संघीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्रअनुसार वर्गीकरण गरी ०६८ सालको जनसंख्यालाई समायोजन गर्दा शहरी जनसंख्या ६३ दशमलव १९ प्रतिशत र ग्रामीण जनसंख्या ३६ दशमलव ८१ प्रतिशत पुगेको थियो।

०६८ सालको जनगणनाताका ५८ वटा मात्र नगरपालिका थिए। सोही अनुसार शहरी जनसंख्या गणना गरिएको थियो।

अहिलेका २ सय ९३ वटा नगरपालिकाको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र त्यसबाहेक ४ सय ६० गाउँपालिकाको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा शहरी जनसंख्याको वर्गीकरण गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP