Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ओमिक्रोनको ट्रेन्ड : आईसीयू ४ गुणा र भेन्टिलेटर प्रयोग गर्ने दर ५ गुणा घट्यो

काठमाडौं – नेपालमा पुस २० गते कोरोनाभाइरसको तेस्रो लहर तीव्र रूपमा फैलिरहेपनि स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले केही राहत दिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पताल भर्ना हुने, आईसीयू र भेन्टिलेटर प्रयोग गर्ने बिरामीको सङ्ख्या ५ गुणासम्म घटेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले कोरोनाको तेस्रो लहर ओमिक्रोनबाट सङ्क्रमण ह्वात्तै बढे पनि गम्भीर अवस्थाका बिरामी भने कम रहेको बताए । यद्यपि उनले कोरोनालाई हेलचेक्रयाइँ नगरी स्वास्थ्य मापदण्ड पालनामा जोड दिए ।

‘तेस्रो लहरका दिनहरू गुजारिरहँदा गत जेठसम्म डेल्टा थियो । त्यस बेलाको अहिले तुलना गर्ने हो भने अहिले ४ गुणा आईसीयूमा र ५ गुणाभन्दा कमलाई भेन्टिलेटर आवश्यक परेको छ । संस्थागत आईसोलेशनमा रहनेको सङ्ख्या पनि पाँच गुणाभन्दा कम रहेको छ’, उनले बुधबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा भने, ‘सङ्क्रमण बढी र भर्ना हुने दर धेरै कम रहेको छ । तर, सङ्क्रमण दर बढ्दै जाँदा भर्ना हुने दर पनि बढी हुने भएकाले स्वास्थ्य मापदण्डको पालना गर्न जरुरी रहेको छ ।’

उनका अनुसार हाल १ हजार ८१९ संस्थागतमा रहेका छन् भने त्यसमध्ये २५१ आईसीयू र भेन्टिलेटरमा ४८ जना रहेका छन् ।  कुनै पनि भाइरसको सङ्क्रमणपछि पनि स्वास्थ्यमा कस्ता जटिलता हुन्छ भन्ने रोग प्रतिरोधी क्षमतामा भर पर्ने भएकाले स्वास्थ्य मापदण्डको पालना गर्दै स्वास्थ्यको ख्याल गरिराख्नु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP