Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

धनगढीमा प्रदेश राज्यमन्त्रीका निजी सुरक्षाकर्मी मृत भेटिए

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक प्रहरी मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरको कोठामा बुधबार मृत भेटिएको जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पिएसओ अर्थात निजी सुरक्षाकर्मी रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन बिष्टले जानकारी दिए।

उनकाअनुसार जोशी सन्चो नभएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए।

अस्वस्थताकै कारण जोशी पत्नी र छोरासँग आफन्तको विवाहमा टीकापुर नगएर घरमै आराम गरिरहेको परिवारबाट जानकारी आएको प्रहरीले जनाएको छ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP