Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

वाग्मती नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना

काठमाण्डाै – काठमाण्डाैकाे गुह्येश्वरीदेखि थापाथली पुलसम्मको वाग्मती नदी र सडकबीचको किनारमा दुवैतर्फ अनधिकृत रूपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना निकालेकाे छ । 

समितिले नदी किनार छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन सात दिने र अस्थायी संरचना हटाउन तीन दिने सार्वजनिक सूचना शनिवार (हिजो) निकालेकाे हो । मठमन्दिर, देवालय, धार्मिक स्थान, मूर्तिरहेका स्थान, स्थल, पार्क भन्दा पनि नदी र सडकबीचको किनारमा अनधिकृत रूपमा बनेका अस्थायी तथा स्थायी संरचना हटाउन सार्वजनिक सूचना निकालिएकाे समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो ।

सूचना अधिकारी अर्यालले आज सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नदी किनारमा संरचना बनाएर बसेका सुकुम्बासी बस्ती हटाउने विषयले भने अहिले प्रवेश नपाएको स्पष्ट पार्नुभयो । उहाँले नदी किनारका सुकुम्बासी बस्ती हटाउनका लागि उनीहरूको उचित व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

समितिका अनुसार थापाथली वाग्मती किनारमा मात्रै एक सय ४५ घरधुरी सुकुम्बासी बस्ती छ । त्यो बस्ती हटाउने विषयमा त्यहाँका समिति, भूमि आयोग र सम्बन्धित निकायसँग छलफल भइरहेको समितिले जनाएको छ । 

याे समितिले यसअघि यस्तै प्रकृतिको सूचना सार्वजनिक गरेर गोकर्णदेखि गुह्येश्वरी नदी किनारमा अनधिकृत रूपमा बनेका २७ वटा संरचना हटाउने काम गरेको थियो । समितिका सूचना अधिकारी अर्यालले आजभन्दा १५ दिनअघि त्याे खण्डमा अनधिकृत रूपमा बनेका २७ वटा संरचना हटाउने काम गरिएको बताउनुभयो ।

समितिले वाग्मती नदीको शौन्दर्यमाथि आँच आउने अनधिकृत रूपमा बनेका सबै संरचना सम्बन्धित पक्षसँग अनुमति लिएर, छलफल गरेर हटाउँदै जाने पनि स्पष्ट पारेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP