Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

पत्रकार पुनर्वहालीका लागि महासंघ र गोरखापत्र व्यवस्थापन पक्षबीच छलफल

काठमाडाैं।  सरकारी सञ्चार माध्यम गोरखापत्रबाट निकालिएका सञ्चारकर्मीहरूको पुनर्वहालीको विषयमा नेपाल पत्रकार महासंघले गोरखापत्र व्यवस्थापन पक्षसँग छलफल गरेको छ।

महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले निकालिएका पत्रकारहरूको पुनर्वहालीका विषयमा गोरखापत्र संस्थान संचालक समितिका अध्यक्ष र प्रधान सम्पादकसँग आज छलफल गरेको हो।

आस्थाका आधारमा कुनै पनि पत्रकारलाई कामबाट निकाल्न नहुने अडान राख्दै आएको महासंघले गोरखापत्रबाट निकालिएका संचारकर्मीको पुनर्वहाली गर्न व्यवस्थापन पक्षलाई सचेत गराएको छ।

छलफलमा अध्यक्ष पोखरेलले गोरखापत्रबाट निकालिएका पत्रकारहरूको पुनर्वहाली हुनुपर्ने अडान कायमै रहेको भन्दै तत्काल पुनर्वहाली गर्न व्यवस्थापन पक्षलाई सचेत गराउनुभयाे ।

पत्रकारका विभिन्न पेशागत संघ संगठनका अध्यक्षहरूसमेत सहभागी छलफलमा सबैले आस्थाका आधारमा कुनै पनि संचार माध्यमले पत्रकारलाई निष्काशन गर्न नहुनेमा जोड दिनुभएकाे थियाे।

छलफलमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठनका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले गोरखापत्रबाट निकालिएका संचारकर्मीलाई तत्काल पुनर्वहाली गर्न व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउनुभएकाे थियाे ।

छलफलमा गोरखापत्र संस्थान संचालक समितिका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले निकालिएका संचारकर्मीको पुनर्वहालीका लागि संस्था सकरात्मक रहेको बताउनु भयाे। उहाँले आवश्यक थप छलफल र प्रक्रिया पुर्‍याएर सक्रिय संचारकर्मीलाई पुनर्वहाली गरिने उनीहरूले आश्वासन दिनुभयाे। छलफलमा महासंघका काेषाध्यक्ष कलेन्द्र सेजुवाल, लेखा समिति संयाेजक लेखनाथ न्याैपाने, केन्द्रीय सदस्य शिवराज खत्रीलगायत उपस्थित रहेकाे थियाे ।

गोरखापत्र संस्थानले निष्कृय रहेको भन्दै केही पहिलो २९ जना स्टेन्जर रिपोर्टरलाई कामबाट हटाएको थियो।   

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP