Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

आज देशका पहाडी क्षेत्रमा मौसम बद्ली : भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्ने सम्भावना

काठमाण्डाै – देशका पहाडी क्षेत्रमा मौसम बदलिएको छ । तराईमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो दिउँसोपख हट्नेछ ।

आज दिउँसो प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भोलि बेलुकादेखि यसको प्रभाव थप बढ्ने सम्भावना छ ।

भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्दै जाने र पर्सि बिहीवार पश्चिम क्षेत्रमा तथा  शुक्रवार देशैभर यसको प्रभाव रहने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण बिहीवार बेलुका र शुक्रवार हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।

चिसो पनि थप बढ्ने मौसमविद् बासीले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP