Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

मापदण्ड भन्दा धेरै चुनढुङ्गा निकाल्ने र राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द

काठमाण्डाै – मापदण्ड भन्दा धेरै बढी चुनढुङ्गा निकालेर राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द भएका छन् । सिद्धार्थ मिनिरल्स प्रालि र डोलोमाइड चुनढुंगा उद्योग प्रालि बन्द भएका हुन् ।

वन तथा भूसंरक्षण विभागले मापदण्ड विपरीत चलेका खानी बन्द गर्न भनेपछि डिभिजन वन कार्यालय पाल्पाले खानी सञ्चालनमा रोक लगाएको हो  । जिल्ला वन कार्यालय, पाल्पाका प्रमुख दीपक ज्ञवालीका अनुसार बढी चुनढुंगा उत्खनन गरेर राजस्व छली गरेका अन्य दुई सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज प्रालि भने अहिले पनि सञ्चालनमा छन् । खानी विभागले स्वीकृति दिएको भन्दा अत्याधिक चुनढुंगा उत्खनन गरेर राज्यलाई राजस्व नतिरी घाटा गराएको प्रमाणका आधारमा अख्तियारमा मुद्दा दायर भएपनि सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज सञ्चालन भैरहेको पाइएको छ ।

आर्थिक वर्ष २०७४/०७५ तथा ०७५/०७६ मा मापदण्ड भन्दा बढी चुनढुंगा उत्खनन गरेका पाल्पाका ४ खानी उद्योगले झण्डै ७४ करोड बढी रावस्व ठगी गरेको प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ । खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरे उपमहानिर्देशक रहँदा बनेको छानविन समितिले दिएको प्रतिवेदन अनुसार तिनाउ गाउँपालिकाको श्रीडाँडामा सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालिबाट ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ राजस्व असुल गर्नुपर्नेछ । अनुसन्धानपछिको प्रतिवेदनले तिनाउँकै कचलमा सञ्चालित सर्वोेत्तम सिमेन्ट प्रालिले १६ करोड ५५ लाख २४ हजार, तिनाउकै डोलोमाइड चुनढुंगा प्रालिले ५ करोड ४३ लाख २१ हजार र कञ्चन क्वाररिजले ३ करोड ८ लाख ६९ हजार रुपैयाँ राजस्व तिर्नुपर्ने उल्लेख छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP