Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काेराेनाबाट एकै दिन १६ जनाकाे ज्यान गयाे, २५ सय सङ्क्रमित थपिए, ८ हजारभन्दा धेरै निकाे

काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा २४ घण्टामा १६ जनाकाे ज्यान गएकाे छ । याेसहित काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार सात सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै २४ घण्टामा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ७३ जनाकाे नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।  यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।  

यस्तै थप आठ हजार चार सय २५ जना काेराना सङ्क्रमणबाट मुक्त भएका छन् । याे सङ्ख्यासहित नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख ९५ हजार आठ सय ८६ पुगेकाे छ । अहिले नेपालमा ५६ हजार चार सय ५७ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ । 

यसैबीच नेपालमा थप पाँच लाख १३ हजार ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड ५१ लाख ८३ हजार चार सय ४६ जनाले पूर्ण मात्रा र एक करोड ७४ लाख ९५ हजार चार सय ९४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । अतिरिक्त मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख ५८ हजार नौ सय ५० पुगेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP