Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

चितवनका भूमिहीनहरूले पाए जग्गाधनी प्रमाणपत्र

चितवन – सरकारले चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । आज शुक्रवार चितवनको साविक इच्छाकामना गा.वि.स.७ र जुटपानी गा.वि.स. ९ का भूमिहीनहरूलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।

प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनुभयो । उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा उनीहरूले नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोगसमेत गर्न नपाएको बताउनु भयो । 

मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरूलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरूलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरूलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताउनुभयो ।

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरूले खुसी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए ।

लाभग्राही मध्येकी एक चममाया मगरले भन्नुभयो, ‘अहिलेको सरकारले दियो खुसी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि ।’ लाभग्राहीहरुले कानुनी रूपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP