Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कोरोना सङ्क्रमणबाट थप १४ जनाको ज्यान गयो, ७ हजार ७ सय ७७ जना निको

काठमाण्डाै – कोरोना सङ्क्रमणका कारण नेपालमा थप १४ जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनयता नयाँ सङ्क्रमित थपिने क्रम घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ । यस्तै २४ घण्टामा थप दुई हजार चार सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी १६ हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा २४ सय एक जनामा सङ्क्रमण देखिएको हो ।

यही अवधिमा सात हजार सात सय ७७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २८ हजार तीन सय ६९ पुगेको छ । अहिले ३० हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै २४ घन्टामा दुई लाख ४६ हजार सात सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म  १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार एक सय जनामध्ये ७३ दशमलव पाँच प्रतिशत अर्थात् एक करोड ४६ लाख ३५ हजार जनाले पूर्ण मात्रा खोप लगाएका छन् । ८८ दशमलव नौ प्रतिशत अर्थात् एक करोड ७७ लाख १६ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

यस्तै १२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख पाँच हजार चार सय बालबालिका रहेकामा ८३ प्रतिशत अर्थात् २८ लाख ४६ हजार तीन सय ९० जनाले एक मात्रा र ३७ प्रतिशत अर्थात् १२ लाख ५४ हजार दुई सय जना बालबालिकाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP