Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

थप ८ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि, १ हजार ८ सय २६ जना निको भए

काठमाण्डाै – पछिल्लो २४ घण्टामा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ५४ जनाको नमूना परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक हजार आठ सय २६ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ लाख ३४ हजार ६ सय ४८ जना पुगेको छ । थप ४ जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ८२ जना पुगेको छ ।

अहिले नेपालमा २६ हजार १ सय २ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार आठ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा एक करोड ८२ लाख २० हजार आठ सय जनाले कम्तीमा एक मात्रा र एक करोड ६३ लाख २४ हजार ९ सय जनाले पूर्ण मात्रा खोप लगाएका छ । बुस्टर डोज लगाउनेको संख्या ७ लाख १३ हजार ९ सय जना पुगेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP