काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागको एक दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
शनिवार बिहान देशका धेरै जसो स्थानको मौसम सफा रहेको छ। महाशाखाका अनुसार पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
दिउँसो पहाडी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् मञ्जु वासीले जानकारी दिइन्। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाँउमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिवार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो काठमाडौं उपत्यकामा सामान्य बदली रहने छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया