Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

आज र भोलि पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवार र सोमवार पहाडी भू-भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराईका केही भू-भागमा हुस्सु/कुहिरो  लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने जनाइएको छ।

राति पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतः सफा रहनेछ।

सोमवार पहाडी भू-भागमा सामान्य बदली रही पहाडी भू-भागको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP