काठमाडौं : न्याय सेवा आयोगको बैठक बस्दै छ। आज अपरान्ह ४ बजे कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक बोलाएका हुन्।
आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय महान्यायाधीवक्ता खम्मबहादुर खातीले जनाकारी दिए।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेपनि कुनै निर्णय हुन सकेको छैन।
न्याय सेवा आयोगमा प्रधानन्यायाधीशसहित कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य हुन्छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया