Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

जिल्ला न्यायाधीशकाे लिखित परीक्षामा १९६ सहभागी, ३ जनामात्रै उत्तीर्ण

काठमाडौं : लाेक सेवा आयाेगले लिएकाे जिल्ला अदालतका न्यायाधीशकाे लिखित परीक्षामा तीन जनामात्रै उत्तीर्ण भएका छन्।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतबार बसेकाे आयाेगकाे बैठकले जिल्ला अदालतको न्यायाधीश नियुक्त गर्न अन्तर्वार्ताका लागि ३ जनाको नाम सिफारिस गरेको हाे। लिखित परीक्षामा उत्तीर्ण भएका ३ जनाको नाम अन्तर्वार्ताका लागि सिफारिस गर्ने निर्णय भएको छ।

१८ जना जिल्ला न्यायाधीशका लागि आयाेगले लिएकाे लिखित परीक्षामा एक सय ९६ जना सहभागी थिए। जसमध्ये ३ जना मात्रै उत्तीर्ण भएका हुन्। लिखित परीक्षामा उत्तीर्ण हुनेमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी छन्।

गत साउन महिनासम्म रिक्त रहेको २३ जिल्ला न्यायाधीश पदका लागि १८ जना छनोट गर्न न्याय सेवा आयोगले परीक्षा लिएको थियो। बाँकी पाँच जना भने वरिष्ठता र योग्यताको आधारमा न्याय सेवा र सरकारी वकिल समूहबाट न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने व्यवस्था छ। हाल विभिन्न जिल्लामा ४१ जना जिल्ला न्यायाधीशको पद रिक्त छ। 

आयाेगले आन्तरिक खुला ९, खुला ५, महिला २ तथा आदिवासी/जनताती तथा मधेशीमा एक/एक पदमा विज्ञापन आह्वान गरेकाे थियाे। अन्तर्वार्ताका लागि फागुन २९ गतेकाे मिति ताेकिएकाे छ।

यसअघि प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाले जिल्ला अदालतका न्यायाधीश सिफारिसका लागि बैठक आह्वान गरेको भए पनि हालका कामु प्रधानन्यायाधीश कार्कीसहित कानुनमन्त्री दिलेन्द्र बडु, महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहिस्कार गरेका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP