बझाङ : जयपृथ्वी नगरपालिकाका प्रारम्भिक बाल विकास सहजकर्ता (इसिडी शिक्षक) र विद्यालयका सहयोगी र लेखापालले संघीय सरकारले निर्धारण गरेको तलब सुविधा पाउने भएका छन्।
नगरपालिकाले यही फागुन १ देखि पाउने गरी खाइपाइ आएको ८ हजारमा ७ हजार रुपैयाँ थप गरी इसिडी शिक्षक‚ विद्यालय सहयोगी र लेखापाललाई अनुदान स्वरुप दिन लागेको जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक राजेन्द्र जोशीले बताए। नगर कार्यपालिकाको बैठक र हिउँदे अधिवेशनले उनीहरूलाई संघीय सरकारले उपलब्ध गराएको रुपैयाँमा थप ८ हजार रुपैयाँ थप गर्ने निर्णय गेको छ।
नगरपालिकामा ४४ इसिडी शिक्षकसहित ५५ जना विद्यालय सहयोगी र सातजना लेखापालका गरी ११२ जनाका लागी ४९ लाख २० हजार रुपैयाँ बजेट समेत विनियोजन गरेको नगरपालिकाका आन्तरिक लेखापरीक्षक लालबहादुर खातीले जानकारी दिए। साथै‚ कार्यपालिकाको बैठकले हिउँदे अधिवेशनबाट उक्त प्रस्ताव अनुमोदन समेत भैसकेको खातीको भनाइ छ।
वडा नम्बर १ कैलाशस्थित बेताल सामुदायिक विद्यालयमा लामो समयदेखि पढाउँदै आएकी इसिडी शिक्षक ज्वाला शाहीले अरु शिक्षकजस्तै आफू दिनभर पढाउँदै आए पनि महिनाको ८ हजार रुपैयाँ मात्रै पाउने गरेको बताइन्। नगरपालिकाले फागुन १ देखि लागु हुने गरी सात हजार रुपैयाँ थप गर्ने निर्णय गरेपछि आफू खुसी रहेको उनले बताइन्।
संघीय सरकारले निर्धारण तलब सुविधा पाउनुपर्ने माग गर्दै बालविकास सहजकर्ता शिक्षक, विद्यालयका सहयोगी, लेखापालले बेलाबेलामा आन्दोलन समेत गर्दै आएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया