Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

रासायनिक मल ल्याउन भारतसँग ‘जी टु जी’ सम्झौता, पहिलाे वर्ष १ लाख ५० हजार टन ल्याइने

काठमाण्डाै – सरकारले भारतसँग रासायनिक मल खरिदको सम्झौता गरेको छ ।  सरकार–सरकार अर्थात् ‘जी टु जी’ प्रक्रियाबाट रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता भएको हो । भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले आज साेमवार समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

जी टु जी प्रक्रियामार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको कृषि सामग्री कम्पनी लिमिटेडका कायममुकायम प्रबन्ध सञ्चालक राजेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । यो सम्झौता पाँच वर्षका लागि हुनेछ । सम्झौताअनुसार यो आर्थिक वर्ष एक लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कार्कीले जानकारी दिनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालगायतको उपस्थितिमा भर्चुअल माध्यमबाट दुई पक्षीय समझदारी पत्रको आदानप्रदान भएको हो । दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई केही हदसम्म समाधान हुन सक्ने पनि कृषि सामग्री कम्पनी लिमिटेडका कायममुकायम प्रबन्ध सञ्चालक  कार्कीले बताउनुभयो । 

टेन्डर खरिद प्रक्रियाबाट रासायनिक मल ल्याउँदा ढिलो हुने र चाहिएको समयमा मल नपाउने समस्या भएकाले जी टु जी प्रक्रियाबाट मल ल्याउँदा छिटो हुने भएकाले किसानलाई फाइदा हुन्छ । नेपाल र भारतबीच मल खरिद सम्बन्धी सम्झौता भएसँगै यो वर्षको बर्खाको समयमा मलको अभाव नहुने कार्कीले दाबी गर्नुभयो । नेपालमा बर्सेनि आठ लाख मेट्रिक टन रासायनिक मलको माग रहेकोमा, भारतबाहेक अरू देशबाट पनि मल ल्याउनका लागि टेन्डर भइरहेको र केही मल बाटोमा भएकाले यो वर्ष सम्भवत कुनै पनि खेतीबालीका लागि मलको अभाव नहुने उहाँले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP