काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार पाँच सय चार जनाको नमुना परीक्षण गर्दा एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन सय ५४ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार एक सय ६७ जना पुगेको छ ।
यही अवधिमा दुई जना काेराेना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित नेपालमा अहिलेसम्म ११ हजार नौ सय ३८ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
नेपालमा अहिले सात हजार नौ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख आठ हजार एक सय ४० जनाले काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया