Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कालापत्थर हिँडेको महिला टोली नाम्चे पुग्यो

सोलुखुम्बु : जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउने उद्देश्यसहित १३ दिने पदयात्रामा निस्किएको महिला टोली नाम्चे पुगेको छ। यस वर्षको मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा कालापत्थरमा विशेष कार्यक्रम गर्ने गरी विभिन्न क्षेत्रका ४० महिला पदयात्रामा निस्किएका हुन्।

‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ विभिन्न क्षेत्रका महिलाले संयुक्तरूपमा पदयात्रा गरी कालापत्थरमा पुगेर विशेष कार्यक्रम गर्ने आयोजक संस्था ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले बताइन्। उनले विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको, पानीको मुहान सुक्नेलगायतको कार्य भइरहेको र यसको प्रत्यक्ष असर महिलामा परिरहेको विषयमा जानकारी गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

कालपत्थरमा पुगेर जलवायु परिवर्तनले विशेषगरी महिला जनजीवनमा पारेको प्रभाव र त्यसमा न्याय खोज्नका लागि गर्नुपर्ने पहलबारे बहस गर्ने र यसबारेमा गर्नुपर्ने काम तथा सुझावसमेत समेटिएको महिला घोषणापत्र जारी गर्ने अध्यक्ष कार्कीले बताइन्।

‘अभियानमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहित, डाक्टर, पत्रकार, इन्जिनियरलगायतको क्षेत्रमा काम गर्ने महिलाको सहभागिता रहेको छ,’ अध्यक्ष कार्कीले भनिन्, ‘सबैक्षेत्रका विशेष महिलाको सहभागिता रहेकाले यो नयाँ कार्यक्रमबाट हाम्रो उद्देश्य पूरा हुनेमा विश्वस्त छौँ।’

सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आएको टोली फाग्दिङमा बसेको थियो। यस्तै‚ दोस्रो दिन अर्थात् मंगलवार नाम्चेमा बसेको टाली तेस्रो दिन अर्थात् बुधबार पनि नाम्चेमा नै बस्ने बताइएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको दिन मार्च ८ तारिखको बिहान ७:१५ बजे विशेष व्यक्तिको उपस्थितिमा कालापत्थरमा कार्यक्रम गरी घोषणापत्र जारी गर्दै टोली फर्केने अध्यक्ष कार्कीले बताइन्।

उनले सन् २०२२ मा ‘साथसाथै’को यो अभियान सातै प्रदेशमा पुर्‍याउने लक्ष्य रहेको जानकारी गराइन्। पदयात्राअघि ‘साथसाथै’ले अन्नपूर्ण आधार शिविर र मार्दी हिमाल क्षेत्रमा पदयात्रा सम्पन्न गरिसकेको जनाएको छ।

सबैको साथ सकारात्मक छ

अभियानमा निस्कँदै गर्दा विभिन्न संघसंस्थादेखि अन्य व्यक्तिले समेत सकारात्मकरूपमा सहयोग गरेको आयोजक संस्थाले जनाएको छ।

‘अभियानका क्रममा देखिएको चुनौतीमध्ये आर्थिक व्यवस्थापन पनि हो,’ अध्यक्ष कार्कीले भनिन्, ‘हाम्रो संस्थासँग अर्थ छैन, सबैले सहयोग गरिरहनुभएको छ, सहयोग आउने क्रम जारी छ, हामीलाई प्रेरणा मिलेको छ।’

अभियनका क्रममा अन्य व्यवस्थापनको जिम्मेवारी भने एलिट एक्सपिडिसनले लिएको छ। यस्तै अभियानका क्रममा हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम गरेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कविता कटवालले जानकारी दिइन्। ‘कार्यक्रम राम्रो छ, त्यसमाथि पनि जुनसुकै समयको सुरक्षा व्यवस्थापन हाम्रो पहिलो कार्य हो,’ कटवालले भनिन्, ‘हामी सबैले सहयोग गर्नुपर्छ, यो अभियानले दिने सन्देश विश्वका लागि सकारात्मक हुनेछ।’

यो अभियानले जलवायु परिवर्तन र महिलाको मुद्दा मात्रै उजागर नगरी आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ। परम्परागतभन्दा नौलो र उदाहरणीय कार्यक्रमबाट महिलाले देश र समाजका साथै जलवायु परिवर्तनका मुद्दामा पनि काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्ने सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP