Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कपनमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

काठमाडौं : काठमाडौं, दाङ र दार्चुलामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। काठमाडौंको कपन सरस्वती नगरमा गएराति पैदलायात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत अनियन्त्रित भएर पल्टिँदा घाइते भएका दुवैको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुङ्गा घर भई आरुबारी बस्दै आएका अन्दाजी २८ वर्षीय शिवराज कार्की र पैदलयात्री कपन बस्ने ओखलढुङ्गाको हर्कपुरका ६१ वर्षीय दुर्गा बहादुर कार्की रहेका छन्। 

मोटरसाइकल चालकको उपचारको क्रममा हेल्पिङ ह्यान्ड अस्पतालमा र पैदलयात्रीको ओम अस्पतालमा रातिनै मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ। 

बा ६४ प १३९६ नम्बरको मोटरसाइकलले गएराति साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएर नियन्त्रण गुमाउँदा घरको भित्तामा गएर ठोकिएको थियो।

यस्तै दाङको गढवा गाउँपालिका २ महादेवा पुलमा गएराति भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। लु २ च ७६ ८२ नम्बरको कार र बिपरित दिशाबाट आउँदै गरेको रा ४ प ३४ ६१ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा कार अनियन्त्रित भइ पैदलयात्रीलाई समेत ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार राप्ती गाउँपालिका ७ की १० वर्षीया सन्ध्या चौधरीको उपचारका क्रममा दाङकै लमही अस्पतालमा मृत्यु भएको हो। 

त्यस्तै दार्चुलाको व्याँस गाउँपालिका ४ मा गएराती ट्याक्टर दुर्घटना हुदा बझाङको बित्थडचिर गाउँपालिका २ का २३ वर्षीय बिरेन्द्र खड्को मृत्यु भएको छ। गएराति साढे ११ बजे दोखटबाट डोबतर्फ जाँदै गरेको से २ त १७ ९९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP