सोलुखुम्बु : जलवायु परिवर्तनका असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा क्षेत्रको कालापत्थरबाट १० बुँदे घोषणापत्र जारी गरिएको छ।
विभिन्न क्षेत्रका ४० महिलाको समूहले काठमाडौँबाट अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेर उक्त घोषणापत्र जारी गरेको हो।
घोषणा पत्रमा जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका, जलवायु परिवर्तन प्रभावित क्षेत्रका महिला र विपन्न समूहको अनुकूलन क्षमता सुधार ‘जलवायु न्याय’ मुद्दाको वकालत गर्ने, मानव स्वास्थ्य प्रणालीको दिगो व्यवस्थापनका लागि प्रवर्धन गर्न अपिल गर्ने उल्लेख छ।
विश्वको तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेको चिन्ताबारे ध्यानाकर्षण गराउने, हिमाली जनता विशेष गरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने, हिमाल, पहाड र तराईमा बसोबास गर्ने लाखौं मानिसलाई अपार सेवा प्रदान गर्ने हिमालयन पारिस्थितिकीय प्रणालीको सुरक्षाको समर्थन गर्ने घोषणापत्रमा जनाइएको छ।
उक्त कार्यक्रममा ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्की, सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, वन तथा वातावरण मन्त्रालयकी सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. राधा वाग्लेले बोलेका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया