काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८४ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५९ हजार आठ सय १७ जना पुगेको छ ।
यस्तै थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४९ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ६ सय २५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया