काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशन यही फागुन २८ गतेदेखि हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै संगठनले ११औं राष्ट्रिय अधिवेशन काठमाडौंमा गर्ने जनाएको हो ।
संगठनले २८–२९ गते हुने अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको पनि जनाएको छ । संगठनका संयोजक केदारप्रसाद देवकोटाले ११औं राष्ट्रिय अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाउनु भयो । उनले ७७ जिल्ला तथा ३६ विभागीय कार्य समितिहरुका अधिवेशन सम्पन्न भइसकेको बताउनु भयो ।
उहाँकाअनुसार ६१९ जना केन्द्रीय प्रतिनिधिहरू निर्वाचित र अधिवेशन आयोजक समितिका २८२ जनासहित ९०१ जना प्रतिनिधिहरू अधिवेशनमा सहभागि हुनेछन् । उहाँले नयाँ नेतृत्वको चयन सर्वसम्मत रुपमा हुने बताउनु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया