काठमाण्डाै – उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा धनी र गरिबका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
आज शुक्रवार २४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले शिक्षा र स्वास्थ्यमा धनी र गरिबका बीचमा विभेद भएकाले अन्त्य हुनुपर्ने बताउनुभएको हो । धनीका छोराछोरीले शिक्षा र स्वास्थ्यमा प्रशस्त अवसरहरू पाएको भए पनि गरिबहरूले यस्तो अवस्थाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । सबैले विना भेदभाव सर्वसुलभ रूपमा उपचार र शिक्षा पाउनुपर्ने उहाँले बताउनुभयो ।
उपराष्ट्रपति पुनले भन्नुभयो, ‘धनी र गरिब भएकै कारण कसैले उपचार पाउने, कसैले उपचार नपाउने जस्ता समस्याको अन्त्य हुनुपर्छ । विभेदको अन्त्य हुनुपर्दछ । उपचारजस्तो कुरामा सबैको हक समान हुनुपर्छ । हामीले संविधानमा व्यवस्था गरे पनि व्यवहारमा लागू हुन सकिरहेकाे छैन । हुनेखानेका छोराछोरी ठुल्ठुला स्कुलमा र विदेशमा पढ्न जाने अवस्था छ तर गरिबहरू पढ्न नपाएर शिक्षाबाट पनि वञ्चित भएको अवस्था छ ।’
उपराष्ट्रपति पुनले कुष्ठरोग प्रभावित सबै व्यक्तिहरूप्रति समान भाव व्यक्त गर्न र सहयोग गर्न पनि आग्रह गर्नुभयो । कुष्ठ रोगको निर्मूल र प्रभावकारी उपचारका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया