Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एमसीसीलाई लिएर कर्णालीका माओवादी सांसद विष्टद्वारा पार्टी परित्याग गर्ने घाेषणा

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । 

आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सांसद विष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्य–मान्यता विपरीत संसदबाट एमसीसी पारित गर्न सहयाेग गरेकाले आफूले पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताउनुभयो ।

सांसद विष्टले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोध गर्न सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाउनुभयो । पार्टीभित्र रचनात्मक आलोचनामार्फत पार्टीलाई रूपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो राजनीति, सिद्धान्त, दर्शन, मूल्य, मान्यताभन्दा धेरै पर पुगेर राष्ट्रघाती एमसीसी पारित गर्न पार्टी सहभागी भएको हुनाले पार्टी परित्याग गर्ने घाेषणा गर्दछु । हामीले विरोध पनि गरिराख्ने, भत्ता पनि खाइराख्ने गर्नु हुँदैन । त्यसैले यो सबै कुराबाट मैले राजीनामा दिनुपर्छ ।’

उहाँले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताउनुभयो । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उहाँले आरोप लगाउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP