रुकुम – रुकुम पश्चिमको एक विद्यालयका विद्यार्थीहरू गएको एक हप्तादेखि बिरामी रहेका छन् । त्रिवेणी गाउँपालिका ७ कुरलमा रहेको बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरू बिरामी परेका हुन् ।
विद्यार्थीहरूमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखिएको बिद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक झुपलाल ओलीले बिरामी परेपछि विद्यार्थीहरू विद्यालय आउन छोडेको बताउनुभयो ।
केही विद्यार्थीहरू सिम्रुतुमा रहेको मेडिकलमा उपचार गरेर घरमै रहेका र केही घरायसी उपचार गरेर बसेको उहाँले बताउनुभयो । उहाँका अनुसार २० जना विद्यार्थी एक हप्तादेखि बिरामी छन् । विद्यालयमा आउने गरेका विद्यार्थीहरू पनि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने समस्याबाट ग्रसित रहेका प्रधानाध्यापक ओलीले जनाउनुभयो ।
बिरामी भएकै कारण अहिले विद्यालयमा पठनपाठन बन्द हुने अवस्था रहेको प्रधानाध्यापक ओलीको भनाइ छ । उपचार गराइरहेका विद्यार्थीहरूमा भाइरल ज्वरोको समस्या रहेको बताइएको छ ।
विद्यायलमा विद्यार्थीहरू बिरामी हुन थालेको खबर आज प्राप्त भएकाले भोलि विद्यालयमा स्वास्थ्यकर्मीको टोली पठाएर जाँच र उपचार सुरु गरिने वडाध्यक्ष वीरबहादुर खड्काले बताउनुभयो ।
शिशुदेखि पाँच कक्षासम्म सञ्चालित यस विद्यालयमा ५० जना विद्यार्थी रहेका विद्यालयले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया