Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

राष्ट्रपतिद्वारा रेलवे अध्यादेश जारी, दुई साताभित्रै रेल उद्घाटन हुने

काठमाडौँ — राष्ट्रपति कार्यालयले मंगलबार रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाका अनुसार अब रेल सञ्चानका लागि कानुनी समस्या हुने छैन । बढीमा दुई साता भित्र रेलको आाधिकारिक रुपमा उद्घाटन गरेर सञ्चालन गरिने उनको भनाइ छ ।

तयारी बिना २०७७ असोजमा ल्याइएका दुई वटा रेल सेटको गत फागुन १ गतेदेखि यात्रुबिना ‘ड्राई रन’ (परीक्षण) जारी छ । यसअघि दुई पटक जारी भएको अध्यादेशको समय गुज्रिएको थियो । अब भने सबै तयारी पुरा भएकाले सञ्चालनमा समस्या नहुने नेपाल रेलवे कम्पनीले जनाएको छ ।

भारत र नेपालका प्रधानमन्त्रीले संयूक्त रुपमा उद्घाटन गरी रेल सेवा व्यवसायिक रुपमा सञ्चालन ल्याउने तयारी छ । त्यसका लागि छिट्टै मिति तय हुने महाप्रबन्धक झाको भनाइ छ । उद्घाटन भर्चुअल्ली हुने जनाइएको छ । ‘चार दिन ड्राइ रन बन्द गरेर ट्रयाकको काम सक्ने छौं,’ उनले भने, ‘विगतमा भएका प्रावधानहरु नै राखेर अध्यादेश जारी गरिएको हो, सबै प्रावधान जस्ताको तस्तै आएको छ ।’

रेल जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दूरीमा दिनमा एक पटक चल्ने छ । कुर्थादेखि जयनगरसम्म यात्रा गर्ने यात्रुले सामान्य ७० रुपैयाँ र एसी सिटको ३ सय रुपैयाँ तिर्नेगरी भाडादर कायम गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP