Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

मोरङको लेटाङमा कफ्र्यू केही खुकुलो

काठमाण्डाै – तीन दिनदेखि तनावग्रस्त मोरङको लेटाङमा प्रशासनले लगाएको कफ्र्यू आजदेखि केही खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएकाले कफ्र्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो ।

हिजोको बैठकले अर्को आदेश नआएसम्मका लागि बिहान ६ बजेदेखि १० बजेसम्म खुला गरेर १० बजेदेखि दिउँसो ४ बजेसम्म कफ्र्यू लगाउने र ४ बजेदेखि बेलुका ६ बजेसम्म खुलाएर फेरि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले  जानकारी दिनुभयो ।

लेटाङ–५ खेरुवाका शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि उत्पन्न विवादमा आइतबार स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि लेटाङमा कफ्र्यू लगाइएको थियो । शिक्षक मनोज पौडेलले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । यस अघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP