Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण गर्न पानी पठाइयो, मर्मत अन्तिम चरणमा

काठमाण्डाै – बाढीपहिरोले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको मर्मत अन्तिम चरणमा पुगेको छ । मुख्य संरचनाको मर्मत र सफाइ  अन्तिम  चरणमा  पुगेसँगै सुरुङ परीक्षणका  लागि  पानी  पठाउन  सुरु  गरिएको  आयोजनाले जनाएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले हिजो मेलम्चीको  मुख्य  प्रवेशमा  क्षमापूजा  गरेपछि  परीक्षणका लागि पानी पठाइएको मेलम्ची  खानेपानी  विकास  समितिका  सिनियर  डिभिजन  इन्जिनियर  माधवप्रसाद  न्यौपानेले  जानकारी दिनुभयो । उहाँले आयोजनाको मुख्य ढोका खोलिएको र  सफाइको  काम  अन्तिम  चरणमा  पुगेकाले  परीक्षणका  लागि  पानी  पठाउन  थालिएको  जानकारी दिनुभयो ।

गएको असार १ र साउन  १७  गतेको  बाढीका कारण  प्रमुखद्वार बफर ड्यामदेखि  अम्बाथानसम्मको ८ सय ५  मिटर  सुरुङ  गेग्य्रानसहितको  लेदोले  पुरेको थियो । क्षतिग्रस्त  ढोकाहरू  खुला  गरी  सुरुङभित्र  जमेको  लेदो  परीक्षणका  क्रममा  पठाएको  पानीबाटै  सफाइ  गरिने  आयोजनाले जनाएको छ । सरकारले  क्षतिग्रस्त  मेलम्ची  खानेपानी आयोजना सफाइ तथा मर्मत गरी  यही चैत मसान्तभित्र काठमाण्डौको सुन्दरीजलमार्फत उपत्यकामा पानी वितरण गर्ने लक्ष्य लिएको छ ।

आयोजनाको  सुरुङ निर्माण गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइ तथा मर्मतको काम तोकिएको समयभित्र पूरा  गर्न  अन्य  तीनवटा  नेपाली  सहायक  कम्पनीमार्फत  २४  घण्टा  नै  काम  गरिरहेको  छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP