Trending
flash महिला समूहलाई सर्फ र हार्पिक बनाउने उन्नत सीप तालिम flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

प्रि मनसुनका गतिविधि ढिलो गरी सक्रिय, आज काठमाण्डौसहित पहाडी भेगमा वर्षाकाे सम्भावना

काठमाण्डाै – आज काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।

केही दिन यता प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । तर, काठमाण्डौ उपत्यकामा भने पानी परेको थिएन । आज भने दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । केही दिन यता वाग्मती प्रदेशका चितवन, सिन्धुली र सिन्धुपाल्चोकमा, गण्डकी प्रदेशको कास्कीमा र प्रदेश १ को संखुवासभा र भोजपुरमा पानी परिरहेको छ ।

अहिले देशभर भारतको बिहारदेखि बंगालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव परेको छ । यसकै कारण देशका धेरै ठाउँको मौसम सामान्य बद्ली भएको छ । यसपालि ढिलो गरी प्रि मनसुनका गतिविधि सक्रिय हुँदा पानी पर्न नसकेको मौसमविद् प्रधानांगले बताउनुभयो । प्रि मनसुनको एक महिना खासै पानी नपरी बितेको छ ।

मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुनको अवधि मानिन्छ । प्रि मनसुनमा पानी पार्न स्थानीय वायुको भूमिका महत्वपूर्ण हुन्छ । यसपालि स्थानीय पर्याप्त मात्रामा वायूमा जलवाष्पयुक्त हावा विकसित नहुँदा पानी पर्न नसकेको मौसमविद्को भनाइ छ । तर, पानी नपर्नुमा यो मात्रै एक कारण नभएको मौसमविद् राजु प्रधानांगले बताउनुभयो । उहाँकाअनुसार अब प्रि मनसुनका गतिविधि सक्रिय हुन थालेकाले मेघगर्जन र चट्याङसहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि पनि प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यमखालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP