काठमाण्डाै – वायु सेवा सञ्चालक सङ्घ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जहाजमा पत्रकार ऋषि धमलाले उडान सुरक्षामा नै असर पुग्ने क्रियाकलाप गरेको भन्दै आपत्ति जनाएको छ ।
भीभीआईपी सवार उडानमा असभ्य र उडान सुरक्षामा गम्भीर असर पर्ने असंवेदनशील व्यवहार देखाएको भन्दै सङ्घले आपत्ति जनाएको हो । धमलाको नाम उल्लेख नगरि सङ्घले भनेको छ, ‘उडानका क्रममा अपनाउनुपर्ने नियमलाई समेत उल्लङ्घन गर्दै निषेधित कक्षमा क्यामेरासहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको सङ्घको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्ता हर्कतले उडानको साथै भीभीआईपी प्रोटोकलको समेत उल्लङ्घन भएको भन्दै सङ्घले अवाञ्छित कार्य नगर्न/नगराउन आग्रह पनि गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया