Trending
flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक

नेता कार्यकर्ताको सुझावअनुसार सर्वसम्मतिबाट नेतृत्व चयन हुन्छ : सचिव श्रेष्ठ

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले विद्रोहपछिको पहिलो महाधिवेशन भएकाले सर्वसम्मतिबाट गर्न पार्टीका नेता कार्यकर्ताले सुझाव दिएको बताएका छन्।

बिहीवार उनले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच दाबेदारी प्रस्तुत भएको भन्दै कार्यकर्ताको सुझावअनुसार सर्वसम्मतिमै नेतृत्व चयन हुने बताएका हुन्।

उनले मतान्तर नगरी सर्वसम्मतिमा बढे आगामी दिनमा पनि पार्टीलाई फाइदा हुने सुझाव आएकाले कार्यकर्ताको सुझाव मानेर नै अघि बढ्ने बताए। पार्टीले असार १६ गतेदेखि काठमाडौंमा महाधिवेशन गरिरहेको छ। आज सर्वसम्मतिमा नेतृत्व टुंगो नलागे निर्वाचनबाट नेतृत्व चयन हुनेछ।

श्रेष्ठले भने, ‘प्रस्तुत डकुमेण्ट र समाजवादी कार्यक्रममा १२ वटा समूह विभाजन गरी छलफल गर्ने काम भयो। छलफल सकेर हिजो यो १९ गते यसलाई सबैले आफ्नो समूहमा भएको छलफल प्रष्ट गर्ने काम भयो, त्यसमा आएका सुझाव र जिज्ञासालाई सम्बन्धित प्रस्तोताले उत्तर दिने काम भयो। कतिपय सुझावलाई समेत समावेश गर्ने गरी डकुमेण्ट सर्वसम्मतिले पारित गर्ने काम भएको छ। यो महाधिवेशन विद्रोह गरेपछिको पहिलो हो र यसैले मतमतान्तर नगरी सर्वसम्मतिमा अघि बढ्ने भन्ने भावना छ। सर्वसम्मति कसरी गर्ने भन्ने सहमति भएको छ।’

उनले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफल भइ सर्वसम्मतिले पारित भइसकेको पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP