काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन्।
मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणलगायतका प्रकरणहरू छोप्नका लागि बनेको उनले बताए।
उनले संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफ्नो बुझाइ रहेको बताए। उनले प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको बताए।
उनले भने, ‘सरकार बनेकै त्यस्तै छोप्नलाई हो। त्यस्तै कुरा आइरहेको छ। गिरिबन्धुको छोप्नुपर्ने भयो, एक जना भाउजुको पनि छोप्नुपर्ने भयो, के-के भनेर पनि कुरा आइरहेको छ। भूटानी शरणार्थी काण्डको छोप्नुपर्ने भयो। त्यो उहाँहरूमाथि लागेको आरोप गलत ठहरियोस् तर आमरुपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन।’
उनले प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमा बस्न पुगेपछि, सरकार सम्हाल्न हिँडेपछि गलत कुरा छोप्न हो की भन्ने शंका सबैको रहने बताए। सांसद पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरू सम्मिलित हुने कुरा नसोचेको र आफूहरूको आवश्यकता पनि दुई दललाई महशुस नभएको अनुभव आफूले गरेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया