Trending
flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक

बागमती प्रदेशमा बहादुरसिंह लामाको नेतृत्वमा अघि बढ्दै कांग्रेस-एमाले

काठमाडौं : संघीयता कार्यान्वयनको सात वर्षपछि पहिलोपटक नेपाली कांग्रेसले बागमती प्रदेशको नेतृत्व गर्दै छ। कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा पहिलोपटक कांग्रेसबाट बागमतीको मुख्यमन्त्री बन्ने निश्चित छ।

संघीयता कार्यान्वयनपछि मधेश र बागमतीमा अधिलेसम्म कांग्रेसले नेतृत्व गर्न पाएको थिएन। मधेशमा जनमतलाई नै साथ दिने रणनीतिमा रहेका कांग्रेस-एमाले गठबन्धनबाट बागमतीमा भने सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बन्नेछन्।

२०७४ को निर्वाचनमा तेस्रो शक्ति बनेको कांग्रेस योपटक बागमतीको पहिलो दल हो। ३७ सांसद रहेको कांग्रेसलाई २७ सिट भएको एमालेले साथ दिँदा ११० सदस्यीय प्रदेशसभामा ६४ सिट हुन आउँछ।

राप्रपा पनि सकारात्मक रहेको र हाम्रो नेपाली पार्टीले समेत साथ दिने अवस्थामा लामा ८९ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नेछन्।

एमालेबाट पहिलो मुख्यमन्त्री डोरमणि पौडेल र पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भइसकेका छन्। एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेको बागमतीमा पहिलोपटक प्रदेशमा बाहुल्य रहेको तामाङ समुदायका लामा मुख्यमन्त्री बन्न लागेका छन्।

१७ असारमा कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार दुई ठूला दलले ३-३ प्रदेशको सरकारको नेतृत्व गर्ने सहमतिअनुसार लामा पहिलो चरणको मुख्यमन्त्री बन्नेछन्। लामाले दुई वर्षपछि एमालेका जेएन थपलियालाई सत्ता हस्तान्तरण गर्नुपर्ने छ।

बागमती प्रदेशको सबैभन्दा ठूलो जातीय समूह तामाङ समुदायबाट लामा पहिलो पटक मुख्यमन्त्री बन्न लागेका हुन्। प्रदेशको कुल जनसङ्ख्याको २०.५४ प्रतिशत तामाङ रहेको यो प्रदेशलाई दलहरुले राजनीतिक भाषणमा ताम्सालिङ प्रदेशसमेत भन्ने गरेका छन्।

तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाइएको बागमतीमा तामाङ समुदायबाटै मुख्यमन्त्री बन्ने भएपछि विभिन्न राजनीतिक दलका कार्यकर्ता पनि उत्साहित बनेका छन्।

दोस्रो संविधानसभा निर्वाचन २०७० मा नुवाकोट ३ बाट भारी मतान्तरले विजयी भएका लामा संविधानको हस्ताक्षरकर्ता पनि हुन्। लामाले त्यसबेला माओवादीका शक्तिशाली महासचिव पोष्टबहादुर बोगटी र एमालेका नारायण खतिवडालाई हराएका थिए। २०७४ को निर्वाचनमा समानुपातिक सांसद रहेका लामा संघीयताको मर्म बुझेका नेतामा पर्दछन्।

गत २०७९ को निर्वाचनमा प्रदेशसभा २ को २ बाट निर्वाचित लामा कांग्रेस संसदीय दलको नेतामा चयन हुनुभएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा निकट लामा पार्टीभित्र सन्तुलनकारी नेताका रुपमा परिचित छन्। संसदीय दलको निर्वाचनमा लामासँग पराजित इन्द्र बानियाँले पनि मुख्यमन्त्रीका लागि लबिङ गर्न खोजेका थिए। तर नेतृत्वले अहिले लामाको विकल्प नरहेको जवाफ दिएसँगै बानियाँ पनि लामालाई सफल बनाउने योजनामा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP