Trending
flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक

कमजोरी भेटिए प्रधानमन्त्री ओलीको पनि आलोचना गर्छौं : विश्वप्रकाश

काठमाडौं : सत्तारूढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कमजोरी भए प्रधानमन्त्री, मन्त्रीहरुबारे पनि संसद् र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन्।

महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए। एक्काईसौँ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

महामन्त्री शर्माले लामो संघर्षबाट आएका काँग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गरे। वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकताबद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरुले बलियो साथ दिने बताए।

उनले भने, ‘सरकारमा गएर कुरा बढी भयो वा काम बढी भयो? एक्काईसौँ शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्छ। म सम्माननीय प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको यो सरकारलाई सफलताको शुभकामना दिन चाहन्छु। वर्तमान सरकारले आफूलाई गतिशील ढंगले, जिम्मेवार ढंगले, एकतावद्ध ढंगले, पारदर्शी ढंगले, दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नेछ भनेर म कामना गर्न चाहन्छु। त्यही शुभकामना सरकारलाई राख्दै राम्रो काममा सरकारलाई निरन्तर साथ रहने, कमजोरी हुँदैगर्दा प्रधानमन्त्रीजीको बारेमा पनि, मन्त्रीहरुको बारेमा पनि सार्वजनिक रुपमा पनि, संसदमा पनि खरो ढंगले उभिने अभिव्यक्ति राख्न चाहन्छु।’

महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफैँभित्र कमी भए पनि खोजी गर्नसक्ने सामर्थ्य राख्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP