काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको काम कारबाहीप्रति सन्तुष्टि व्यक्त गरेका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्। प्रधानमन्त्रीले मेहनत गरेको देख्दा खुशी लागेको महामन्त्री थापाको टिप्पणी थियो।
उनले मन्त्रीहरूलाई भने २ वर्षको समय ठूलो भएकाले धेरै काम गर्न सकिने बताए। उनले कामको आधारमा मन्त्रीहरूको प्रशंसा र आलोचना दुवै गर्ने पनि बताए। मन्त्रीहरूले गलत काम गरे आफूले आलोचना गर्ने महामन्त्री थापाले बताए।
उनले मन्त्रीहरूलाई आफ्नो कार्यकाल हेरेर कार्ययोजना बनाउन पनि सुझाव दिए। सरकारका मन्त्रीहरूलाई काम गर्नका लागि आफूले सदा साथ दिने महामन्त्री थापाले प्रतिबद्धता समेत व्यक्त गरे।
महामन्त्री थापाले एक महिनाको अवधिमा कार्ययोजना बनाउने काममा मन्त्रीहरूले समय व्यतित गरेको आफूले बुझेको उल्लेख गर्दै अब काममा तिब्रता दिनुपर्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया