Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

प्रचण्ड सरकारले उद्योगीहरूलाई १६ अर्ब विद्युत् महसुल छुट दियो : लेखा समिति सभापति पोखरेल

काठमाडौँ : सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाले सांसद ऋषिकेश पोखरेलले तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उद्योगीहरूलाई विद्युत् महसुलवापत अर्बौं रुपैयाँ छुट दिएको दावी गरेका छन्।

मंगलवारको प्रतिनिधिसभा बैठकमा उनले प्रचण्ड सरकारले व्यवसायी/उद्योगीहरूलाई विद्युतको १६ अर्ब महसुल छुट दिएको दावी गरेका हुन्।

सांसद पोखरेलले डेडिकेटेड फिडर र ट्रंकलाइनसम्बन्धी बेरुजु बक्यौताको विषयमा आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको आरोपसमेत लगाए। विद्युत प्राधिकरण, प्रचण्ड सरकार र उद्योगी व्यवसायीको सेटिङमा १६ अर्ब रुपैयाँ महसुल छुट दिएको उनको आरोप छ।

पोखरेलले महालेखाको प्रतिवेदनले महसुलवापत २१ अर्ब रुपैयाँ उठाउन सुझाव दिएको भन्दै १६ अर्ब खोइ भन्दै प्रश्न गरे। उनले सार्वजनिक लेखा समितिमा छलफल नै नगरी सरकारले महसुल छुट दिएको भन्दै आपत्तिसमेत जनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP