Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

माओवादीको पदाधिकारी बैठक जारी, आजै प्रदेशस्तरीय परामर्श समितिको बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदैछ।

साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको लागि प्रदेशस्तरीय परामर्श समितिको बैठक बोलाउने निर्णय गरे अनुसार आज बागमती प्रदेशको बैठक बस्न लागेको हो।

त्यसअघि अहिले पदाधिकारी बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। पदाधिकारी बैठकपछि बागमती प्रदेशका केन्द्रीय सदस्यहरूसहितको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने पौडेलले बताए। भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन्।

बागमतीको बैठकपछि उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा रहेका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्ने तय भएको छ। त्यसपछि गण्डकी प्रदेशको बैठक भदौ ९ र १० गते बस्नेछ।

प्रदेश परामर्श समिति र मोर्चा कमिटीहरूको बैठक असोज ३ गतेसम्म सम्पन्न गर्ने माओवादीको लक्ष्य छ। ति बैठकमा आएका रायसुझावसहितको विमर्शपछि केन्द्रीय समिति बैठक बोलाउने माओवादी केन्द्रको तयारी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP