काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संविधानको रक्षा र कार्यान्वयनमा दृढ रहेको बताएका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले सरकार संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा स्पष्ट रहेको बताएका हुन्।उनले गणतन्त्र र सविधानको कार्यान्वयनमा सरकार दृढ रहेको बताए।
उनले देश र जनताको पक्षमा तथा राष्ट्रिय हितहरूको रक्षा गर्दै संविधानको रक्षा गर्ने बताए। उनले जनताका समस्याहरूको समाधान र अधिकारहरूको सुरक्षा गरिने बताए।
प्रधानमन्त्री ओलीले सरकारले जनतामा निराशा नहोस् भनेर सचेत भएर काम गरिरहेको बताए। उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार लागेको भन्दै सो अनुसारको परिणाम पनि आएको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया