Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

‘हामीले हुन्छ नभनी कसले गर्नसक्छ संविधान संशोधन?’

काठमाडौं : प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुको सहभागिता बिना संविधान संशोधन गर्ने सम्भावना नरहेको बताएका छन्।

सत्तारूढ कांग्रेस र एमाले अपारदर्शी ढंगले सो प्रश्ताव ल्याएको जिकिर गर्दै अध्यक्ष नेपालले त्यसमा आफूहरुको सहभागिताबिना सम्भव नरहेको दाबी गरेका हुन्। आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रिय सदस्यहरुको शपथग्रहण समारोहमा बोल्दै उनले सरकारमा सहभागी नभएका दलहरुको संख्याले संविधान संशोधन गर्न नदिने स्पष्ट पारे। हाम्रो सहभागिता बिना संविधान संशोधन सम्भव होला भन्नेकुरा कसैले ठानेको भए त्यो गलत हुने अध्यक्ष नेपालको भनाइ थियो। उनले संविधान संशोधन गर्ने सत्तारुढ काँग्रेस–एमालेको सहमति मध्यरातमा भएकाले त्यो आफैँ सन्देहस्पद रहेको पनि दोहोर्‍याए। उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे।

अध्यक्ष नेपालले भने, ‘यो समिकरण रातारात परिवर्तन भयो। कसरी मान्छेहरुलाई झुक्याइँदो रहेछ। हुन त सबै झुक्किँदा रहेनछन्। धेरै सोझो भएर पनि झुक्किँदा रहेछन् धेरै बाठो भएर पनि झुक्किँदा रहेछन्। यो सत्ता समिकरण परिवर्तन गर्नेहरुको राम्रो उद्देश्य थियो? राम्रो देखिँदैन। संविधान संशोधन गर्ने उद्देश्य थियो? संविधान संशोधन गर्नु थियो भने के त्यो मध्यरातमा हस्ताक्षर गर्नुपर्छ? त्यसलाई सार्वजनिक छलफलको विषय बनाउनु पर्दैन? हाम्रो सहभागिताबिना संविधान संशोधन गरौँला, सम्भव होला भन्ने कुरा कसैले ठानेको छ भने उसले गलत ठानिरहेको छ। त्यो सम्भव छैन।’

अध्यक्ष नेपालले नेपालमा दुई पार्टी पद्धति सम्भव नरहेको पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP