Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौं : नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्। अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका नेता जीवनराम श्रेष्ठले जानकारी दिए। यद्यपि निर्वाचन समितिले औपचारिक घाेषणा गर्न भने बाँकी छ।

अझै एक घण्टा समय बाँकी रहेकाले अन्य पदका केही उम्मेदवारहरूबीच पनि उम्मेदवारी फिर्ता लिनेबारे छलफल भइरहेकाे नेता श्रेष्ठले जाकारी दिए।

एकीकृत समाजवादीमा २१ सदस्यीय पदाधिकारीको व्यवस्था छ तर हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।
आज सबै पदका लागि निर्वाचन हुँदै छ। १०५ पोलिटब्युरो सदस्य पनि आजै चुनिनेछन्।

वरिष्ठ उपाध्यक्ष निर्विरोध चयन भएपछि अब ६ उपाध्यक्ष, चार उपमहासचिव र ७ सचिव र पोलिटब्युरो सदस्य चयन गरिँदै छ। एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ। केन्द्रीय कमिटी सदस्यहरूले पदाधिकारी र पोलिटब्यूरो चयन गर्न लागेका हुन्।

अन्य पदका लागि दिउँसो २ बजेदेखि मतदान शुरु गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP