Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

प्रस्तावित १७ राजदूतको सुनुवाइ भदौ १४ देखि हुने

काठमाडौँ : विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया भदौ १४ गतेदेखि शुरु हुने भएको छ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरूमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेदेखि शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गते गरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो।

भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्। उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ।​

सभापति न्यौपानेले भनिन्, ‘१४ गते हामीले ४ जना राखेका छौं। यसलाई धेरै नलम्ब्याऔं। उहाँहरूको सुनुवाइ सकिनेबित्तिकै निर्णय गर्नुअघि परराष्ट्रमन्त्रीसँग पनि छलफल गर्नेछौं। उजुरी धेरै नपरेकाले त्यसमा अझ बढी छिटो हुन पनि सक्छ।’

समितिको आजको बैठकमा उजुरीकर्ताहरूको उजुरी खोली समितिका सदस्यहरूलाई वितरण समेत गरिएको छ। समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP