काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले विधेयकहरूको मस्यौदा विचौलियाहरूले ड्राफ्ट गर्ने गरेको भन्दै आपत्ति जनाएकी छिन्।
मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो काम पूर्ण रोक्नुपर्ने पनि बताइन्।
समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलका क्रममा उनले मस्यौदा बनाउने जिम्मा कानून आयोगको भए पनि साउन ३२ गते संसदमा दर्ता भएको एउटा विधेयकको ड्राफ्ट पायोनेल ल एशोसिएटले गरेको पाएको भन्दै आपत्ति जनाइन्।
उनले भनिन्, ‘साउन ३२ गते जुन विधेयक दर्ता भएको छ संसदमा त्यो दर्ता भएको विधेयक भर्खरै थाहा भयो। त्यो बाहिर कतै ड्राफ्ट भएर आएको भन्नेकुरा छ। बनाउनुपर्ने जिम्मेवारी त मन्त्रालयको हो। मन्त्रालयले कानून आयोगसँग समन्वय गर्नुपर्ने हो, तर साउन ३२ गते संसदमा दर्ता भएको विधेयक संसदमा छलफलका लागि आयो। त्यसमा स्पष्टसँग पायोनेल ल एशोसिएटले ड्राफ्ट गरेको भन्नेकुरा स्पष्ट छ।’
समितिको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदामामा छलफल जारी रहेको र परिमार्जन गर्ने सवालमा धेरै महत्वपूर्ण कुराहरु उठेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया