Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति जुटाउन बुढानीलकण्ठमा कांग्रेसको बैठक

काठमाडौं : नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दैछ। केहीबेरमा सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

बैठकमा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरी सहमति जुटाउने प्रयास हुनेछ। आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेश भएका प्रतिवेदन परिमार्जन गरी पारित गर्ने तयारी गरेकाले आज प्रतिवेदनमाथि सहमति जुटाउन लागिएको हो ।

सभापति देउवाले प्रतिवेदनमा सहमति जुटाउन निरन्तरजसो छलफल गरिरहे पनि सफल हुन सकेको छैन। यसअघि महामन्त्रीद्वयको प्रतिवेदनमा चर्को विवाद भएपछि केन्द्रीय समितिको बैठक आइतबारसम्मका लागि सारिएको थियो ।

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्ने, पार्टीको १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुने सुनिश्चित गर्नुपर्ने विषय प्रतिवेदनमा राखेका छन्। अर्का महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चारपटक मात्र हुन पाउनेगरी राखेको ‘एक्जिट पोलिसी’ मा पनि कुरा मिल्न बाँकी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP