Trending
flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित

शैक्षिक संस्था खत्तम पार्ने षड्यन्त्रप्रति सरकार गम्भीर बन्नुपर्छ : माधवकुमार नेपाल

काठमाडौँ : प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको शैक्षिक क्षेत्रलाई खत्तम पार्ने माफियाहरूको षड्यन्त्रप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित बृहत् शैक्षिक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले सरकारलाई उक्त सुझाव दिएका हुन्। अध्यक्ष नेपालले नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थामा सुधार ल्याउने र त्यसबाट रोजगारीको अवसर सृजना गर्ने कुरामा सरकार र सम्बद्ध सबै निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

उनले विश्वविद्यालयहरूलाई पनि समयसीमाभित्र रहेर शैक्षिक कार्यक्रमहरू तय गर्ने र त्यसलाई जिम्मेवार भएर कार्यान्वयन गर्न पनि सचेत गराए। विद्यार्थी संगठनहरूले विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरूको हित अनुकूल हुने गरी अघि बढाउन सरकार र सम्बन्धित पक्षसँग बृहत् छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताए। उनले शैक्षिक प्रणालीमा सुधार र दक्ष जनशक्ति निर्माणमा शिक्षण संस्थाहरूले जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए।

नेपालले भने, ‘यहाँ अनेक माफियाले चलखेल गरिरहेका छन्। नेपालको एजुकेशन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भइराखेको छ। ती सबै षड्यन्त्रप्रति गम्भीर हुन आवश्यक छ। कसरी देशमा शिक्षा प्रणालीमा सुधार गर्ने हो? योग्य जनशक्ति तयार गर्ने हो? त्यो हामी अगाडि सार्दैनौँ।’

अध्यक्ष नेपालले सरकारी नीति र कानुनमा रहेका त्रुटिलाई हटाएर पनि मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP