पोखरा : गण्डकी प्रदेश सरकारमा एमालेका चारजना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार नेकपा एमालेबाट चार मन्त्री थप गरेसँगै नौ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको हो।
सरकारमा नगई पाण्डे सरकारलाई विश्वासको मत दिएको राप्रपाले अहिलेसम्म सरकारलाई समर्थन कायमै राखेको छ। स्वतन्त्र सांसद गुरुङ र नेपाल समाजवादीका सांसद देवकोटालाई कांग्रेसले आफ्नै कोटाबाट मन्त्रीमा निरन्तरता दिएको हो।
एमालेबाट थपिएका मन्त्रीहरूले सोमबारै प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्री बन्नुभएकी नवलपुरकी सांसद पद्मा जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागलुङका सांसद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय र समानुपातिकबाट सांसद बनेका कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाएका हुन्। त्यस्तै, पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाए।
केन्द्रमा एमाले-कांग्रेसको संयुक्त सरकार बनेको करिब दुई महिनापछि गण्डकीमा दुईतिहाइ भन्दा बढीको समर्थन रहेको सरकार बनेको हो।
यसअघि भौतिक पूर्वाधार मन्त्री रहनुभएका राजीव गुरुङ दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ। त्यस्तै, नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई भने पुरानै मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया