Trending
flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान

अस्वस्थ जीवनशैलीका कारण बढ्दै नसर्ने रोग

रासस

काठमाडौं : विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढेको छ। विज्ञका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग र दमलगायत रोग बढ्दो क्रममा छ।

मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजु ओपीडीमा आइपुग्ने धेरैजसोमा उच्च रक्तचाप, मधुमेह, छाती दुख्ने, मुटुको समस्या देखिन्छ। स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको बुझाइ छ। ‘धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ। अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ’, उनी भनछन्।

नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन्। जुन विश्वव्यापी रुपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो। हरेक वर्ष एक करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन्। नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन्।

कार्डियो भास्कुलर रोग (सीभीडी) बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रुपमा ज्यान गुमाउने गरेका छन्। नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ। सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहं भूमिका खेलिरहेका छन्। नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ।

रोकथाममा ध्यान दिन आवश्यक

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घ रोग, सूक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ। यो रोगबाट जुनसुकै उमेरका व्यक्तिहरु प्रभावित हुन सक्छन्। उपचारात्मकभन्दा रोकथाममा नै शुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ।

‘वंशाणुगतबाहेक जंक फुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ’, मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भन्छिन्, ‘सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनीरोग बढिरहेको देखिन्छ। यसबाट कालान्तरमा मिर्गौला फेल, हृदयाघातजस्ता समस्या आउन सक्छन्।’

नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहेको उनी बताउँछिन्। नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने र घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उनको भनाइ छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापाले धुमपान, मद्यपान, शारीरिक निष्क्रियता, प्रशोधित खाना नै नसर्ने रोगको प्रमुख कारक रहेको बताउँछिन्।

नसर्ने रोगको रोकथामका लागि सरकारले सबै जिल्लामा पेन प्रोग्राम (प्याकेज अफ इसेन्सियल नन कम्युनिकेबल डिजिज) ल्याएको थापाले जानकारी दिइन्। ‘समुदायस्तरमा नसर्ने रोगको पहिचान, स्क्रिनिङ र उपचार गर्न यो कार्यक्रम ल्याइएको हो। पाठेघर क्यान्सर स्क्रिनिङ तथा एचपिभी खोप पनि सरकारले शुरु गरिसकेको छ’, उनी भन्छिन्, ‘त्यसैगरी जटिल, दीर्घ, बालबालिका र किशोरकिशोरीमा लाग्ने नसर्ने रोगको रोकथाम गर्न ‘पेन प्लस’ कार्यक्रम पनि ल्याएका छौँ। त्यो छ जिल्लामा लागू भएको छ।’

मुुटरोग विशेषज्ञ डा कोजु स्वस्थ्य जीवनशैली अपनाउन अभिभावकले आफै पनि अनुसरण गरेर आफ्ना बालबालिकालाई सिकाउनुपर्ने बताउँछन्। ‘स्वस्थ्यकर खाना जस्तै तरकारी, फलफूल खानुपर्छ। गुलियो पेयपदार्थ कम खाने। व्यायाम र धुमपानबाट टाढा रहे धेरै रोगबाट बच्न सकिन्छ’, डा कोजु भन्ठछन्।

उनका अनुसार अभिभावकले आफ्ना बालबालिकालाई मोबाइल र टीभीमा लत लगाउनुभन्दा खेलकुदमा ध्यान दिनुपर्छ। ‘विद्यालयको पाठ्यक्रममा वा स्वस्थ जीवनशैलीसम्बन्धी पैरवी गर्नुपर्छ। साथै व्यायाम गर्ने ठाउँको निर्माण गर्दिनुपर्छ’, उनी भन्छन्।

नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रुपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१-२०२५) बनाएको छ। नेपालले नसर्ने रोगका कारणले अल्पायुमा हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ। त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP